इलाममा ग्याँसको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इलाममा ग्याँसको अभाव

gas

टिका खतिवडा
इलाम, ६ चैत । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा ग्याँसको अभाव भएको छ । पहाडी जिल्ला इलामका उपभोक्ताहरु ग्याँस पाउन नसकेको गुनासो गर्दै छन् भने ग्याँस व्यवसायीहरुले भने उपभोक्ताहरु कै कारण ग्याँस अभाव भएको भनिरहेका छन् ।

अहिले विश्वलाई त्रसित बनाईरहेको कोरोना भाइरसका कारण काठमाडौँ उपत्यका लगायत अन्य जिल्लाहरुमा पनि खाना पकाउने ग्याँसको अभाव देखिएको छ । इलाममा पनि सहज रुपमा ग्याँस आपूर्ती नहुँदा बजारी क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई समस्या भएको छ । सरकारी निकायले ग्याँसको अभाव नभएको दाबी गरिरहेको भएपनि बजारमा ग्याँस पाउन मुस्किल भएको छ । पुरानो सिलिन्डर बुझाएको १५ दिन बित्दा पनि ग्याँस पाउन नसकेको स्थानीयको गुनासो छ ।

उपभोक्ताले व्यवसायीले लुकाएको कारण ग्यास अभाव भएको गुनासो गरिरहेका छन् । तर व्यवसायी भने ग्याँस अभाव हुनुमा उपभोक्ता नै दोषि भएको भनिरहेका छन् । उभोक्ताले जगेडा गरेको कारण ग्याँस अभाव भएको व्यवसायीको भनाई छ । उपभोक्ताले ग्यास आउने बित्तिकै लैजाने र स्टक गर्ने भएकाले यस्तो स्थिती आएको कोशी ग्यास डिलर इलामका माधव श्रेष्ठले बताउनु भयो । महिना दिन अघि मासिक १६ सयको हाराहारीमा ग्यास आउने गर्दा पनि पुग्ने तर अहिले २४ सय भन्दा बढी ग्याँस सिलिन्डर आउँदा पनि ग्यास हाहाकार हुनुमा उपभोक्ता कै दोष भएको उहाँको तर्का छ ।

व्यापारीले कालाबजारी गरेको हो वा हुने खाने उपभोक्ताले बजार कब्जा गरेको हो यो भने अनुसन्धानकै विषय बनेको छ । तर सामान्य जिवनस्तरमा उपभोक्तालाई भने अत्यन्तै समस्या भएको छ । यसतर्फ पनि सम्वन्धित निकायले चासो बढाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);