३७ विद्यालयलाई गाउँपालिकाले दियो ग्याँस सिलिण्डर र चुल्हो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

३७ विद्यालयलाई गाउँपालिकाले दियो ग्याँस सिलिण्डर र चुल्हो

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यालयलाई ग्याँस सिलिण्डर र ग्याँस चुल्हो प्रदान गरेको छ । चिसो मौसममा शिक्षक विद्यार्थीलाई विद्यालयमै तातो पानीको व्यवस्थाका लागि गाउँपालिकाभित्रका सबै ३७ विद्यालयलाई प्रतिविद्यालय एक थान ग्याँस सिलिण्डर र एक थान चुल्हो प्रदान गरेको हो ।

चिसो मौसम सुरु भएसँगै कोभिड–१९ को नयाँ भेरियन्ट, रुघाखोकी जस्ता श्वास–प्रश्वास सम्बन्धी रोग लाग्नबाट शिक्षक विद्यार्थीलाई जोगाउनका लागि पानी तताउने व्यवस्थाका लागि ग्याँस सिलिण्डर र चुल्हो प्रदान गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।

गाउँपालिकाको शिक्षा समितिले सोमबार आयोजना गरेको कार्यक्रममा विद्यालयका प्रअ तथा शिक्षकलाई ग्याँस सिलिण्डर र चुल्हो प्रदान गरिएको हो । ‘चिसो मौसम सुरु भएको छ । यो मौसममा कोभिडदेखि रुघाखोकीको समस्या अधिक देखिन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने ।

विद्यालयमै तातो पानी पिउने व्यवस्था मिलाएर शिक्षक/विद्यार्थीलाई चिसोबाट हुने समस्याबाट बचाउन ग्याँस सिलिण्डर र चुल्हो उपलब्ध गराइएको उनले बताए । यो सुविधा प्रदान गरेसँगै शिक्षक र विद्यार्थीले आवश्यकता अनुसार पानी तताएर उपयोग गर्ने पाउने उनले बताए । ग्याँस सकिएपछि विद्यालयले बाक्सिला बजारमा पुगेर सिलिण्डर साट्नुपर्ने जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);