घट्यो डिजेल र मट्टितेलको भाउ,पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौं, १५ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ४/४ रुपैयाँ घटाएको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४–४ रुपैयाँले घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ ।

यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँ घटाएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);