ट्रम्पको सुरक्षा सल्लाहकारमा रोबर्ट ओब्राएन नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्रम्पको सुरक्षा सल्लाहकारमा रोबर्ट ओब्राएन नियुक्त

robort

एजेन्सी, २ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन् ।

लस एन्जलसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफु रोबर्टसँग लामो समय काम गरेको र अहिले पनि उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नेमा विश्वस्त रहेको बताए । राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);