मेक्सिकोमा प्लाष्टिकका झोला भित्र भेटिए २९ शवका अवशेष | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मेक्सिकोमा प्लाष्टिकका झोला भित्र भेटिए २९ शवका अवशेष

Mexico

एजेन्सी, २ असोज । मेक्सिकोमा एक सयवटा प्लाष्टिकका झोलामा २९ शवका अवशेष फेला परेको अधिकारीले खुलासा गरेका छन् । मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो ।

ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्थामा यही महिनाको पहिलो साता फेला परेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये १३ शवको पूर्ण अवशेष तथा बाँकी १६ शवको अवशेष अपूर्ण रहेको जनाइएको छ । फेला परेका शवमध्ये दुई जना महिलाको रहेको तथा कम्तीमा ४ जना यसअघि आपराधिक गतिविधिमा संलग्न रहेकाको भएको हालिस्को राज्यका न्यायाधिवक्ताले जनाएका छन् । यद्यपि, उनीहरु कुन प्रकृतिको अपराधमा संलग्न थिए भन्नेबारे केही खुलाइएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);