२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

purano rukha

काठमाडौं, ३ जेठ । भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् ।

डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ । उनले करिब एक सातामा विभागको टोलीले त्यहाँ आइपुग्ने जानकारी दिए । उनका अनुसार अवशेषका आधारमा रुख विशाल र डाइनोसर युगको हुनुपर्छ । रुखको अवशेष १२ फिट लामो र  ८ फिट चौडा छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);