नयाँबस्तीमा भेटिएको मानब अंगको डीएनए परीक्षण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नयाँबस्तीमा भेटिएको मानब अंगको डीएनए परीक्षण गरिने

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा पोको पारी फालिएको अवस्थामा भेटिएको मानव अंगको डीएनए परीक्षण गर्ने भएको छ । प्रहरीका अनुसार बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएको मानव अंग पुरुष वा महिला कसको हो भन्ने खुल्न नसकेकाले लिंग पहिचानका लागि डीएनए परीक्षण गराउने तयारी गरिएको बताइएको हो ।

मानिसको खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउनसमेत कठिन भएकाले पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए । घटना गम्भीर प्रकृतिको भएकाले मंगलबार बिहान शवको अंश भेटिएसँगै प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि बोलाएको थियो ।

टोलीले पनि डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएलगतै प्रहरीले उक्त निर्णय गरेको सिंहले बताएका हुन् । शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको र पैतालाको अवशेष हेर्दा मानिसको जस्तो देखिएको प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);