काभ्रेका एक युवा व्यवसायीद्वारा ६ सय परिवारलाई नगद र खाद्यान्न सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काभ्रेका एक युवा व्यवसायीद्वारा ६ सय परिवारलाई नगद र खाद्यान्न सहयोग

काभ्रेपलान्चोक । एमालेका युवा नेता, समाजसेवी तथा युवा व्यवसायी रत्नकुश रंजितले बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा कोभिड–१९ को प्रभावले समस्यामा परेका ८० परिवारलाई आज खाद्यान्न वितरण गरेका छन् ।

कोरोना संक्रमणको लहर बढीरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका पाँच सय परिवार सहित आज थप ८० परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

बनेपाका युवा व्यवसायी रंजितले वडा नम्बर १४ का वडा अध्यक्ष गौरी राउत, स्थानीयहरु रबिन बिष्ट , राम कुमार तामाङ, १४ को वडा संयोजक निर्मला तामाङको साथै स्थानीय राम लाल दुवाल, राजु मध्यकर्मी, राजाराम दुवाल, राजाराम श्रेष्ठको विशेष सहयोगमा खाद्यान्न वितरण गरेका हुन् ।

रंजितले यो भन्दा अगाडी पनि बनेपा र बनेपा नगर क्षेत्र आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका थिए ।

बनेपा नगर क्षेत्रभित्र भित्री बजार, पुलबजार, जनागाल, भैंसेपाटी नयाँबस्ती, साँगा, नाला,ईट्टाभट्टा बनेपाको १४ वटा बडामा जुन ठाउँमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दामोट र मस्यौरा लगायतका सामान आफ्नो निवासबाट नै वितरण गर्न थालेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);