वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०७९, बुधवार

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी

nepal airlines

काठमाडौं, ३ जेठ । नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

महालेखाले शंकास्पद रुपमा खडा गरिएको कम्पनी हाई–फ्लाई–एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ ।

निगमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।