इटालीमा तीब्र गतिको डुंगा दुर्घटना हुँदा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इटालीमा तीब्र गतिको डुंगा दुर्घटना हुँदा ३ जनाको मृत्यु

एजेन्सी, १ असोज । इटालीको भेनिस शहरमा तिब्र गतिको डुंगा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । तीब्र गतिमा कीर्तिमान राख्न भेनिस शहरको जलक्षेत्रमा चलाइएको डुंगा कृत्रिम चट्टानमा ठोकिएर दुर्घटना भएको हो ।

तिब्र गतिको डुंगाका इटालीयन च्याम्पियन फ्याबिओ बुज्जीसंगै ३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

मोनाकोबाट भेनिससम्म तीब्र गतिमा डुंगा चलाएर कीर्तिमान राख्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटना हुँदा डुंगाको गति १ सय किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);