अमेरिकी राष्ट्रपति ट्रम्पले नियुक्त गरेका वातावरण संरक्षण निकायका प्रमुख प्रुइटद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पले नियुक्त गरेका वातावरण संरक्षण निकायका प्रमुख प्रुइटद्वारा राजीनामा

pruit

एजेन्सी, २२ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्त गरेका वातावरण संरक्षण निकाय (ईपीए)का प्रमुख कट प्रुइटले पदबाट राजीनामा दिएका छन् ।

पूर्व राष्ट्रपति बराक ओबामाको हरित विरासत उल्ट्याउन नियुक्त गरिएका प्रुइटले एकपछि अर्को काम विवादमा तानिएसँगै पदबाट राजीनामा दिएका हुन् । प्रुइटले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्रमा आफू र आफ्नो परिवारमाथि भएका क्रुर आक्रमणका कारण राजीनामा दिएको उल्लेख गरेका छन् ।

खर्च गर्ने आचरण र स्वार्थ बाझिएको भन्दै प्रुइट अनुसन्धानको दायरामा तानिएका थिए । उनिमाथि एक तेल उद्योगका प्रबद्र्धधकसँग अस्वाभाविक सस्तोदरमा अपार्टमेन्ट भाडामा लिएको लगायत एक दर्जन आरोप लागेको थियो । प्रुइटले आफ्नो व्यवहारमाथि प्रश्न उठाउने तल्ला दर्जाका कामदारलाई दण्ड दिने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत प्रुइटले असाधारण काम गरेको उल्लेख गरेका छन् । ट्रम्पले प्रुइटलाई १७ महिना पहिले ईपीएको प्रमुखमा नियुक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);