चिनियाँ मोबाइल सेवा अमेरिकामा रोक्ने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चिनियाँ मोबाइल सेवा अमेरिकामा रोक्ने प्रयास

trump-china tariffs

एजेन्सी, २१ असार । मोबाइल फोनको प्रयोगकर्ता एकातिर बढ्दै गएका छन् भने अर्काेतर्फ यसमा नयाँ नयाँ प्रबिधिको विकास पनि उस्तै विस्तारित छ ।

संसारमा मोवाइल निर्मातामध्ये विश्व बजारमा हाबी भएको चिनियाँ मोबाइल सेवा अमेरिकामा रोक्न खोजिएको छ । ट्रम्प प्रशासनले सुरक्षा चुनौती देखाउँदै चाइनिज मोवाइलको सेवा रोक्न लागेको हो ।

जमाना अनुुसारको सोच र ब्यवहार हुुनै पर्दछ । मानिसको मोबिलिटीका लागि अचेल मोवाइल फोन प्रभावकारी र ब्यवहारिक बनेको छ ।

मोवाइल फोन निर्माताहरुले यसमा सुधार र बिकास गर्दै मानिसको दैनिक जीवनमा प्रयोग हुुने बिषयबस्तु मोवाइल फोनमा समाबिष्ट गरेपछि मोवाइल प्रयोगकर्ता बढ्दै गएका छन् ।

मानिसको आबश्यकता र कम्पनीहरुबीच प्रतिस्पर्धाका कारण सस्तो र महंगो दुुबैखाले मोवाइल बजारमा उपलब्ध छन् । मोवाइल बजारमा चीनले फड्को मारेपछि चाइनीज मोवाइल संसारको धेरैजसो ब्यक्तिको हात हातमा पुुगेको छ ।

यस्तो बेला अमेरिकाले भने सुुरक्षाको कारण दर्शाउँदै चाइनीज मोवाइलको सेवा अमेरिकामा रोक्न खोजिएको छ । ट्रम्प प्रशासनले नेशनल टेलिकम्यूनिकेशन एण्ड इन्फरमेशन एडमिनिष्ट्रेशनको सल्लाहमा चाइनीज मोवाइलको लाइसेन्स सम्बन्धी पत्र खारेज गर्न भनेको छ ।

चाइनीज मोवाइल कम्पनीले सन् २०११मा अमेरिकाको युुएस फेडरल कम्यूूनिकेशन समक्ष लाइसेन्स प्राप्त गर्न आबेदन दिएको थियो । अमेरिकामा चाइनीज मोवाइल सेवा रोक्न अमेरिकाको बाणिज्य बिभागले पनि सहमती दिएको छ ।

चीन र अमेरिकाबीच ट्रडवार आरम्भ भएयता यो बिवादमा सहमती जुुटेको भनिन्छ । बिश्व बजारमा आफनो उत्पादन पुुर्याएर नाम कमाउने अमेरिका र चीन दुुबैबीचको पछिल्लो ब्यापार ब्यवहारले एक अर्काको करको चक्कर बढाउदै प्रोत्साहित गर्ने स्थितिले दुुबैलाई कस्तो मार पर्ने हो आगामी दिनले नै प्रष्ट पार्नेछ ।

तर सन २०३५ सम्म चीन संसारको सबैभन्दा ठूलो इन्डष्ट्रियल कम्पनीहरु खडा गर्न लक्ष्यसहित अघि बढिरहेको बेला यसप्रकारको छेकबारले लक्ष्यसम्मको बाटो तय गर्न सजिलो हुुने छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);