दक्षिणी सिरियाली क्षेत्रमा एक हप्तायता झनै द्वन्द्व चर्कियो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दक्षिणी सिरियाली क्षेत्रमा एक हप्तायता झनै द्वन्द्व चर्कियो

एजेन्सी, २१ असार । दक्षिणी सिरियाली क्षेत्रमा द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएका छन् । यस क्षेत्रबाट विस्थापित हुनेहरूको संख्या बढ्दै गएको बताइएको छ । दुई हप्तायतादेखि सो क्षेत्रमा द्वन्द्व झन् बढेको छ ।

संयुक्त राष्ट्रसंघीय निकायका अनुसार सिरियाको प्राय दक्षिणी क्षेत्र द्वन्द्वले आक्रान्त बनेको छ । जसका कारण सो क्षेत्रमा आतंककारीहरुको पनि घुसपैठ भएको बताइएको छ ।

विगत लामो समयदेखि विद्रोहीको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले केही हप्ताअघि कारबाही थालेका थिए । त्यहाँ आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो ।

सो क्षेत्रमा लामो समयदेखि विद्रोहीको धरपकड रहेको अधिकारीहरुले बताएका थिए । दक्षिणी सिरियामा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरूको संख्या झण्डै तीन लाख पुगेको सिरियास्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले जानकारी दिए ।

हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिए

उनका अनुसार दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थलगत कारबाहीबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दैै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो । एक तथ्याङ्कअनुसार सिरियाका ६३ लाख नागरिक शरणार्थीका रुपमा बाँच्न बाध्य छन् ।

देशबाहिर विस्थापित हुन पुगेकाको संख्या पनि लाखौं छ । यसरी देश छोड्न बाध्य ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जीवन विताउन बाध्य भएका छन् । यो संख्या विश्वकै विस्थापित नागरिकको करिब एक तिहाइ हो ।

सिरियाली अधिकांश शरणार्थीले छिमेकी देश टर्की र जोर्डनमा शरण लिएर बसेका छन् । अरु लगभग त्यति नै सिरियाली देशभित्र विस्थापित भएका छन् । उनीहरुले खाने लाउने अथवा आधारभूत आवश्यकता पनि प्राप्त गर्न सकेका छैनन् ।

सिरियाको गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट (आइएस) समूहका आतंककारीको घुसपैठ भएको छ । यसैकारण सिरियाको द्वन्द्वमा परी त्यतिधेरै मानिसको ज्यान गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);