टर्कीमा शक्तिशाली भूकम्प, एक हजार भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

टर्कीमा शक्तिशाली भूकम्प, एक हजार भन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धारको काम जारी राखेका छन् । टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर भूकम्पका कारण कैयौँ भवनहरू भत्किएका छन् । उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ । हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा पनि सयौं व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । उक्त भूकम्पको धक्का लेबनान र गाजामा समेत महसुस गरिएको थियो । टर्कीले सङ्कटकालको घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै सकेसम्म चाँडो र कम क्षतिसहिते विपद्बाट पार पाउने बताउनुभएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ । कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पु¥याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);