आजबाट अवैध मोबाइल रोक्ने एमडीएमएस प्रणाली लागू | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

आजबाट अवैध मोबाइल रोक्ने एमडीएमएस प्रणाली लागू

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले विदेशबाट भित्रने अवैध मोबाइलाई रोक्ने गरी पहिलो चरणमा यो प्रणाली लागू गर्न लागेको हो।

प्राधिकरणले बिहीवार सूचना जारी गर्दै मोवाइल सेटको आयात पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृती गर्न तथा इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई)दर्ता गर्नुपर्ने प्रावधान भएकोले नेपाल दूरसंचार प्राधिकरणबाट मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरेको जानकारी दिएको हो।

हाल पहिलो चरणमा अव्यवसायिक आयातकर्ताले मोवाइल आयात गर्दा मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत काम गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

Leave a Reply