वीरगंज महानगरपालिका पूर्णखोप महानगर घोषित (फाेटाे फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वीरगंज महानगरपालिका पूर्णखोप महानगर घोषित (फाेटाे फिचर)

पर्सा । वीरगंज महानगरपालिका पूर्णखोप महानगर घोषित भएको छ । नगरसभा गृहमा बिहीवार आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले महानगरलाई पूर्ण खोप घोषित गरेका हुन् । सो अवसरमा उनले प्रदेश र सङ्घ सरकारले महानगरलाई कोभिड सङ्क्रमणमा नसघाएको आरोप लगाए ।

उनले पहिलो र दोस्रो कोरोनाकालमा महानगरले गरेको कामको सराहना गरे । बालबालिकालाई पूर्ण खोप दिएसरह विभिन्न सङ्घसंस्थाको सहयोगमा कोभिडविरुद्ध खोप लगाउने अभियान सञ्चालन गर्न उनले सुझाए । सरकारको अनुदान सहयोगमा कोभिड खोप प्राप्त भइरहेको भए पनि समग्र नेपालीलाई पुग्ने अवस्था नभएको र यसमा रोटरी, लायन्स, लियो क्लबजस्ताको सहयोगमा अन्तर्राष्ट्रिय समुदायसँग खोप सहयोग लिएर उपलब्ध गराउन आग्रह गरे ।

नगरप्रमुख विजय सरावगीले पूर्ण खोप महानगर घोषणा गरेसँगै अब ३२ वटै वडालाई बालमैत्री घोषणा गर्ने उद्घोष गरे । उनले ४० वटा सूचकमा महानगरपालिकाले बालमैत्री घोषणाको लागि काम गर्दै आएको र बालमैत्री घोषणा गरेर नेपालमैं पहिलो हुने दाबी गरे । १५ महीना मुनिका बालबालिकालाई १२ थरीको खोप दिएर उनीहरूको जीवन सुरीक्षत गरिएको नगरप्रमुख सरावगीले बताए ।

वीरगंज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले वीरगंज महानगरपालिकाको ३२ वटै वडामा खोप लिन बाँकी, जन्मेदेखि १५ महीनामुनिका सबै बालबालिकालाई खोप लगाइएको बताए । उनले चैत र वैशाखमा गरिएको सर्भे अनुसार २९ हजार १९३ घरमध्ये २ हजार ६६१ जना बच्चा फेला परेका र तिनीहरूमध्ये २ हजार ६६ ले पूर्ण खोप लगाएको तथा ८ जनाले कुनै खोप नलगाएको र ५८७ जनाले आंशिक खोप लगाएको पाइएको बताए ।

पूर्ण खोप नलगाएका ५९५ जना बच्चालाई १२ थरीको खोप लगाइएको बताए । उनले महानगरपालिकाले १६ देखि २३ महीनासम्मका बच्चाहरूमा यो सर्भे गरिएको र सर्भेका लागि ३२ वटै वडाका ९९ वटा खोपकेन्द्र र ११० वटा खोप सेसनबाट खोप लगाउने काम सम्पन्न गरिएको जानकारी गराए । यो कार्यको लागि महानगरपालिकाले ४६ जना स्वास्थ्यकर्मी परिचालित गरिएको उनले बताए ।

कार्यक्रममा उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ता, निमित्त स्वास्थ्य प्रमुख नवलकिशोर साह, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, माइती नेपाल पर्साकी सङ्गीता पुरीलगायतको सहभागिता थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);