ईप्रका कोहलपुरले पायो सम्मान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ईप्रका कोहलपुरले पायो सम्मान

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाद्वारा कोहलपुर क्षेत्रमा शान्ति सुरक्षाका साथै जनताको जीउधन लगाएतको सुरक्षामा उत्कृष्ट भुमिका निर्वाह गरेकोमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन्द्र खनाल सम्मानित भएका छन् ।

नगर प्रमुख लूट बहादुर रावत र उपप्रमुख सन्जु कुमारी थारुले एक समारोह बीच खनाललाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरी सम्मान गरेको हो ।

स्थानीय स्तरमा समाजमा शान्ति सुरक्षा तथा अपराध रोकथाम तथा घटित अपराधको अनुसन्धान , महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रीत प्रहरी सेवा प्रदान गरी उल्लेखनीय भूमिका खेलेकोमा सम्मान गरिएको नगरप्रमुख रावतले बताए ।

यसरी आफ्नो कार्यसम्पादन लाई मुल्यांकन गरी सम्मान गरेर स्थानीय सरकारले उच्च मनोबल वृद्धि गराउने काम गरेको खनालको भनाई छ । आगामी दिनहरुमा यसले अझै ऊर्जा प्रदान गर्नुका साथै सुरक्षा निकायको मनोबल वृद्धि गराएको उनले बताए । आगामी दिनहरुमा पनि कोहलपुर क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्धतासमेत जाहेर गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);