२१ असल ट्याक्सी चालकहरु सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२१ असल ट्याक्सी चालकहरु सम्मानित

asal taxi chalak

काठमाडौं, १९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ । महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफै आई महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७६-०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बुझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, भिमप्रसाद ढकालले बताउनुभयो ।

आफ्नो ट्याक्सीमा छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफुहरुलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरुको भनाई छ ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गते भित्र ट्याक्सीमा छुटेको सामान आफैले प्रहरीमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);