रामगोपालपुर नगरपालिका वडा नं ५ का वडाध्यक्षसंग दोहोरो नागरिकता भएको उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रामगोपालपुर नगरपालिका वडा नं ५ का वडाध्यक्षसंग दोहोरो नागरिकता भएको उजुरी

महोत्तरी, १८ फागुन । महोत्तरीको रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष विरुद्ध दोहोरो नागरिकता राखेको भन्दै उजुरी दर्ता भएको छ । रामगोपालपुर नगरपालिका वडा नं  ५ का वडाध्यक्ष जितेन्द्र चौधरीले भारत र नेपाल दुवै देशको नागरिकता राखेको भन्दै उजुरी दर्ता भएको हो ।

महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नगरिक भएको आरोप लगाउँदै स्थानीय हरिशचन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको हो ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष बनेका चौधरी भारतको सितामढी जिल्लाको सिरसियाका बासीन्दा भएको उजुरीकर्ताको दाबी छ । भारतीय निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता सूचीमा समेत चौधरीको तस्बिर सहितको नामावली रहेको छ । चौधरीको बुवाको समेत फोटो सहित भारतको मतदाता नामावलीमा नाम उल्लेख छ ।

उजुरीकर्ता ठाकुरले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा वडाध्यक्ष जितेन्द्र २०१९ मा भारतमा सम्पन भएको लोकसभाको चुनावमा समेत मतदान गरेको प्रमाण पेश गरेका छन् ।

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निवेदन आइसकेकाले अनुसन्धान भइरहेको जानकारी दिनुभयो । यता रामगोपालपुर नगरपालिकाका उपमेयर सीता साहले उजुरीकर्ता ठाकुरले वडाध्यक्ष चौधरी भारतीय नागरिक रहेको भन्दै यस अघि विभिन्न कागजातहरु लिएर पालिकामा आएको बताउनु भएको छ ।

नागरिकता सम्बन्धि अधिकार स्थानीय सरकारलाई नभएकोले कार्वाही नगरिएको बताउनु भयो । नेपालको संविधान २०७२ अनुसार कुनै व्यक्तिले दोहोरो नागरीकता लिएको भए दण्ड जारिवान सहित जेल सजाय हुने प्रावधान रहेको छ ।

विशेष गरी तराईका क्षेत्रमा दोहोरो नागरिकताका समस्या बेला बेला सतहमा आइरहन्छन् । कतिपय जनप्रतिनिधिले नै भारतीय नागरिकता लिएका समाचार आउने गरेका छन् । यसलाई रोक्न दोहोरो नागरिकता लिने व्यक्ति र जारी गर्ने अधिकारीमा कडा कार्वाही गर्न सम्बन्धित निकाय जिम्मेवार हुनैपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);