वसन्तपुरमा चीर ठड्याइसंगै होली पर्व सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

वसन्तपुरमा चीर ठड्याइसंगै होली पर्व सुरु

holi suru

काठमाडौं, २० फागुन । रंगहरुको पर्व फागू पूर्णिमा सुरु भएको संकेत स्वरुप परम्परा अनुसार काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ । नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो ।

हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइदा हनुमानढोका गुरुजूको पल्टनले हर्ष बढाँई समेत गरेको थियो ।

वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराइका जिल्लाहरुमा फागुन २७ गते मनाइदै छ । आपसी मैत्री एवं सद्ध्भावपूर्वक खेलिने यो पर्वमा रंगीबिरंगी रंग दलेर खुसीयाली मनाउँदै एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ ।

आज ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली समाप्त हुन्छ भने त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात हुन्छ । होलीमा अबसरमा सरकारले सार्वजनिक विदा दिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);