गाँजा खेतीलाई वैधानिकता दिन प्रतिनिधिसभामा विधेयक दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गाँजा खेतीलाई वैधानिकता दिन प्रतिनिधिसभामा विधेयक दर्ता

काठमाडौं, २० फागुन । नेपालमा लागुपदार्थजन्य बस्तुको उत्पादन, निकासी तथा पैठारीमा कानुनी बन्देज लगाइएको छ । पछिल्लो समय गाँजा खेतीलाई वैैधानिकता दिनु पर्ने आवाज उठ्दै आएको छ । गाँजा खेतीलाई वैधानिकता दिलाउनका लागि प्रतिनिधिसभामा गैरसरकारी विधेयक २०७६ दर्ता भएको छ ।

नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने भन्दै सोमबार प्रतिनिधिसभामा गैरसरकारी विधेयक दर्ता भएको छ । नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ दर्ता गराउनु भएको हो ।

नेपालमा गाँजा खेतीलाई वैधानिकता दिए मुलुकलाई आर्थिक लाभ हुने र नेपाली किसानहरुले आर्थिक उन्नित गर्न सक्ने सांसद तामाङको तर्क छ ।

गाँजा खेती गर्न दिने वा नदिने बारेमा विधेयक दर्ता भएपछि अहिले चर्चाको बिषय बनेको छ । यसबारेमा प्रतिपक्षी दलका नेताहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।

हुनत गैरसरकारी विधेयक प्रतिनिधी सभामा अहिले दर्ता मात्र भएको छ । विधेयकको स्वरुप हेरेपछि पक्ष वा विपक्षमा उभिने राजपा प्रमुख सचेतक लक्ष्मण लाल कर्णको भनाई छ ।

विधेयकमा गाँजा खेती गरि वैधानिक रुपमा निकासी तथा पैठारी गरिने व्यवस्था छ । गाँजा खेतिलाई कानुनको परिधीभित्र राख्ने गरी ल्याएकोले उक्त विधेयक उपयुक्त भएको कानुनका जानकारको तर्क छ ।

नेपालमा गाँजा खेतीलाई लागूऔषध ऐन, २०३३ ले प्रतिबन्ध लगाएको छ । त्यस्तै गाँजा खेतीलाई लागूऔषध नियन्त्रण नीति,२०६६ र लागू औषध नियन्त्रण रणनीति,२०६८ ले पनि प्रतिबन्ध लगाएको छ । यो विधेयक पास भएमा नेपालमा कानुनी रुपमा नै गाँजा खेती गरि निकासी गर्नेबाटो खुल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);