६ किलो सुन सहित एक भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

६ किलो सुन सहित एक भारतीय पक्राउ

काठमाडौं, २० फागुन । मकवानपुर प्रहरीले ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिनीग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बाट भारत कर्नाटक बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेकोे यात्रुबाहक बस वडा नम्बर १५ स्थित रातोमाटेमा चेकजाँच गर्दा अब्दुलको साथबाट उक्त परिणामको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक सुशीलसिंह राठौरले बताउनुभयो ।

उहाँका अनुसार बरामद सुनको बजार मुल्य ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको रहेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);