पर्साबाट ५ किलो भन्दा बढी चाँदीसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पर्साबाट ५ किलो भन्दा बढी चाँदीसहित एक जना पक्राउ

नितेश कर्ण,

पर्सा । पर्सा प्रहरीले ५ किलो ३ सय ३४ ग्राम चाँदीसहित १ जनालाई पक्राउ गरेको छ ।

सिमावर्ती शहर रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी ईनर्वाले सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा स्थाई घर भई हाल चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा श्रेया ज्वैलर्स सञ्चालन गरीरहेका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको हो ।

पैदल हिँडीरहको अवस्थामा शंकास्पद देखेपछि वीरगञ्ज र रक्सौलको सिमाना शंकराचार्य गेटनिर चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र उक्त चाँदी बरामद भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

पक्राउ परेका साहलाई बरामद चाँदीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता खनालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);