नेपालगञ्जमा धुमधामसँग बकर ईद मनाइँदै (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालगञ्जमा धुमधामसँग बकर ईद मनाइँदै (फोटोफिचर)

बाँके । मुस्लिम समुदायको दोस्रो महान चाड ईदुल अजाह अर्थात बकर ईद आज नेपालगञ्जमा धुमधाम संग मनाईदै छ ।

बाँकेको नेपालगञ्जको वि.पी चौक नजिकै ईदगाह रोडमा सबै मुस्लिम समुदायहरु नवाज पढेर एक आपसमा अंगोलो मारेर खुसी साटासाट गरेका छन् ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदाय विच आपसी भाईचाराको सम्बन्ध भएकै कारण हिन्दुहरुको पनि सहभागी भई मुस्लिम समुदायलाई शुभकामना दिने गरेका छन् ।

आजको दिन विशेष गरेर मुस्लिम समुदायमा कुरवानी दिने चलन रही आएकोले अर्थात भेडा वाख्रा खसी र रांगाको कुरवानी दिएर तिन हिस्सा लगाउनेमा एक हिस्सा आफुलाई एक हिस्सा आफन्तलाई र एक हिस्सालाई गरीबहरुमा बाडने चलन रहेको छ ।

मुस्लिम समुदायको बकर ईद आज अर्थात सोमवारबाट शुरु भएको पर्व बुधवारसम्म मनाउने चलन रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);