अवैध रकम असुल्ने प्रहरी कार्यालय माथि कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अवैध रकम असुल्ने प्रहरी कार्यालय माथि कारबाही

श्याम गुप्ता,

बारा। काेभिड-१९ नियन्त्रणका लागि गरिएकाे निषेधाज्ञालाई रकम असुल्ने अवसरको रुपमा प्रयोग गर्दै आएकाे बाराकाे पथलैया स्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालय माथि कारवाही सुरु भएको छ । 

प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहिँत त्याहाँ कार्यरत सबै ११ जना प्रहरीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हाे ।  प्रहरी चाैकी पथलैयामा भने ११ जना नयाँ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् । 

उनका अनुसार प्रदेश ट्राफिक कार्यालय पथलैयामा केन्द्रिय प्रहरी विभागका टोलीले अनुसन्धान तथा आवश्यक विभागीय कारवाही गर्ने भएको छ ।     राजमार्गको व्यस्त सडककाे पथलैया चाैकमा नैं दुबै प्रहरी कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको जाँच हुँने गरेको छ । 

अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगायतका संवेदनशील विषयको जाँचको जिम्मेवारी छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको गुनाँसाे बढेपछि प्रहरीले दुबै कार्यालय माथि छानबिन सुरु गरेको हो । 

निषेधाज्ञाको समयमा पास बिना गुडेका सार्वजनिक यात्रु बससँग दुबै चेक पोष्टले दुई हजार रुपैयाँ सम्म लिने गरेका थिए ।   दुबै चेक पोष्टमा चर्को शुल्क लिए पछि त्यसको भुक्तानी यातायात व्यवायीले सर्वसाधारणबाटै असुल्दा यात्रुले चर्को भाडा दरमा यात्रा गर्नु परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);