बारामा ट्राफिक सचेतना अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बारामा ट्राफिक सचेतना अभियान सुरु

श्याम गुप्ता

बारा, २५ माघ । प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैया बाराले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सुरक्षित यात्राको लागि चालक, यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा आँखा परिक्षण कार्यक्रम अभियान सुरु गरेको छ ।

प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहित ट्राफिक प्रहरी, अटोमोबाईल्स मेकानिकल्स र आँखाका डाक्टरहरु सहितको संयुक्त टोलीले यो अभियान सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रहरी प्रधान कार्यालय, एवम अपराध अनुसन्धान विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका प्रहरी नायब महानिरिक्षक पूर्णचन्द्र जोसीले ट्राफिक प्रहरीलाई कम जनस्रोतबाट धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले ३२ लाख ५० हजार सवारीको संख्या रहेको नेपालमा हाल दुई हजार चार सय ६७ जना ट्राफिक प्रहरीको दरबन्दि रहेको जसमा ३२ सय ८५ ओटा ट्राफिक प्रहरी कार्यर्त रहेको जानकारी दिए । “नों एक्सिडेन्ट–नों ड्यामेज” भन्ने नाराका साथ सञ्चालित यस अभियानको मुख्य उद्देश्य सवारी चालक, यात्रु, अन्य सडक प्रयोग कर्ताहरुमा पर्याप्त सुरक्षित सडक प्रयोग सम्बन्धी सचेतना फैलाउनु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैया बाराका ट्राफिक प्रहरी उपरिक्षक किरण बज्रचार्यले बताए ।

उनले यस अभियानलाई प्रदेश २ का हरेक जिल्लामा हरेक १५ दिनको फरकमा साथै दशैं तिहारमा हुने गलत गतिबिधि नियन्त्रण गर्ने गरी सञ्चालन गर्ने जानकारी दिए । सचेतना कार्यक्रममा तराईका विभिन्न स्थानबाट देशको राजधानी सहित अन्य स्थानमा रात्रीको समयमा जाने सवारी साधनमा ट्राफिक प्रहरीले देखिएका समस्यालाई तत्काल सुधार गर्न लगाउने र यात्रीहरुलाई समेत यात्रा गर्ने क्रममा ध्यान दिनु पर्ने कुरा जानकारी गराइएको छ । साथै चालकहरुको आँखा चेकजाँच गराउने र समस्या भएका चालकहरुलाई तत्काल उपचार गर्न आग्रह गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);