१० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

kanu pakrau

पर्सा, ६ मंसिर । पर्सा प्रहरीले १० किलो चाँदीसहित भारतको बिहार पश्चिम चम्पारण थाना चनपटियाका गुलसन साह कानुलाई पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकलमा चाँदी लिएर भारत जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलबाट प्रक्राउ गरेको हो ।

पर्साका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, मानबहादुर राईले कानुनसंग मोटरसाईकलको एयरफिल्टर भित्र पहेँलो रंगको प्लाष्टिकमा पोको पारी लुकाएर लैजाँदै गरेको अवस्थामा ५ किलोको दरले दुई पोका १० किलोग्राम चाँदी फेला परेको जानकारी दिए ।

kanu pakrau1

उनले भारत लैजान लागेको विषयमा सोधखोज गर्दा कागजात पत्र नमिलेका कारण चाँदी र मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);