बाह्र वर्षीया गर्भवती ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाह्र वर्षीया गर्भवती !

pregnant girl

काठमाडौं, ७ मंसिर । दुवै नारीभरि चुरा निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ बर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ ।

उनको व्यवहार पनि उनको उमेर जस्तै छ । घरी अस्पतालको शय्याबाट जुरुक्क उठेर बारिह निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु ।

हेटौंडा ओलेकी १२ बर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन् । 

गत माघमा कैलाश ७ का १८ बर्षीया रन्जित तामाङसँग विवाह भएको थियो ।

गत सोमबार स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी उनको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चेपाङलाई राजधानी ल्याईयो ।

दुई दिन अस्पतालमा रहँदा उनको स्वास्थ्य परीक्षणहरु भएको छ । बिहीबार उनी प्रसुती गृहबाट डिस्चार्ज भईन् ।,

२० बर्ष नपुगी विवाह गरी बच्चा जन्माउनु प्रजनन् स्वास्थ्यको हिसबाले हानिकारक हुन्छ । सानो उमेरमा बच्चा जन्माउँदा आमाको शरीरका अंग परिपक्व नभएकाले विभिन्न शारीकि जटिलता आउँछन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);