मृत्यु भएकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएपछि | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

काठमाडौँ, २१ असोज । तपाईलाई सुन्दै अचम्म लाग्ला तर यो सत्य हो । एक मृत घोषित गरिएकी महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। तर यो वास्तविकता हो। दक्षिण ब्राजिलको एक अस्पतालमा डाक्टरहरुले मृत घोषणा गरेकी एक महिलाले ४ महिनापछि बच्चा जन्माएकी हुन्।

गत वर्ष ब्रेन डेथ भएकी ती महिलाको गर्भाशयमा रहेका भ्रुण बाँच्न सक्लान् भन्ने आशा डाक्टरहरुमा थिएन। तर चामत्कारिक रुपमा उनको गर्भाशयमा बच्चाहरु हुर्किरहे र अन्ततः शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्माइयो।

सिल्भा पेडिल्हा नामकी ती महिला गर्भवती भएकी अवस्थामा सन् २०१६ को अक्टोबरमा ब्रेन स्ट्रोक भएसँगै मस्तिष्कको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए । सिल्भाको जब मृत्यु भयो तब उनको गर्भमा ९ हप्ताको भ्रुण थियो।

सिल्भाका पतिले तुरुन्तै मृत घोषित आफ्नी पत्नीलाई सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गराए। उनको ब्रेन डेथ भए पनि गर्भका बच्चाहरु ज्यूँदै रहेको डाक्टरहरुले पत्ता लगाए। त्यसपछि डाक्टरहरुले सिल्भालाई तुरुन्तै भेन्टिलेटरमा राखे। त्यसको १ सय २३ दिनपछि सिल्भा भेन्टिलेटरमै रहिन् ९ महिना पूरा भएसँगै डाक्टरहरुले शल्यक्रिया गरी उनको पेटबाट जुम्ल्याहा बच्चा निकाले । त्यसमा एक छोरा र एक छोरी थिए।

उनी त वास्तवमा मरिसकेकी थिइन् मात्र गर्भका बच्चालाई बँचाउनका लागि उनलाई भेन्टिलेटरमा राखिएको थियो। बच्चा जन्मिसकेपछि उनलाई भेन्टिलेटरबाट निकालियो र अन्तिम संस्कार गरियो छ। एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);