मृत्युदण्ड पाएकी यि सुन्दरीले दिएकी थिइन् गोली हान्ने सैनिकलाई 'फ्लाईङ किस' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, कार्त्तिक १ । फ्रान्सकी मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारी जसलाई चर्चित नृत्यांगनाको रुपमा चिनिन्छ उनैलाई आजभन्दा ठिक सय वर्ष अघि मृत्युदण्ड दिइएको थियो । १५ अक्टोबर १९१७ मा उनलाई झण्डै ५० हजार जनाको मृत्युका लागि दोषी ठहर गर्दै फ्रान्सले मृत्युदण्ड दिएको हो । उनले आफ्नो सौन्दर्यको फाइदा उठाउँदै फ्रान्स र जर्मनीका लागि दोहोरो जासुसी गरेकी थिइन् । उनी जासूसीका लागि विश्वमै प्रख्यात सुन्दरी मानिन्थिन् ।

पहिलो विश्वयुद्धका क्रममा उनी पेरिसमा आफ्नो अद्भूत नृत्यकला प्रस्तुत गर्ने गर्थिन् । उनको नृत्य हेर्नका लागि सेनाका उच्च तहका अधिकारी तथा ठूला नेताहरुसमेत आउने गर्दथे ।

यही समयमा उनले एक देशको गोप्य सूचना अर्को देशलाई उपलब्ध गराउने काम थालिन् । उक्त समयमा जर्मनका राजकुमारसहित कयौं प्रभावशाली व्यक्तित्वसँग उनको सम्बन्ध रहेको बताईएको छ ।

उनको विवाह इन्डोनेसियामा तैनाथ नेदरल्याण्डको सेनाका एक अधिकारीसँग भएको थियो । विवाहपछि उनीहरुले केही समय जाभा प्रान्तमा गुजारेका थिए । त्यहाँ पनि उनी एउटा नृत्य समूहमा आवद्ध भइन् । सोही क्रममा उनले आफ्नो नाम माता हारी राखेकी थिइन् ।

यत्तिकैमा फ्रान्स सरकारले उनलाई पैसाको बदलामा जासुसी गर्न प्रस्ताव गरेको थियो । प्रथम विश्वयुद्धमा माता हारीकै माध्यमबाट फ्रान्सले जर्मनीको कयौं महत्वपूर्ण सूचना हासिल गरेको थियो ।

पैसाको लालचमा उनले जासुसीमा दोहोरो भुमिका निभाउन थालिन् । एकातिर जर्मनीलाई फ्रान्सको गोप्य सूचना दिने र अर्कोतिर फ्रान्सलाई जर्मनीको गोप्य सूचना दिने गरेपछि सन् १९१७ मा फ्रान्सको गुप्तचर निकायले उनलाई नियन्त्रणमा लियो । फ्रान्सको सेनाले उनीविरुद्ध यथेस्ट प्रमाण पेश गरेको थियो । सोही प्रमाणमा उनलाई ५० हजार जनाको मृत्युको जिम्मेवार ठहर्‍याइएको थियो ।

मृत्युदण्ड दिईएको बेला उनी मात्र ४१ वर्षकी थिईन् । समाचार एजेन्सीहरुका अनुसार मृत्युदण्ड दिने क्रममा उनलाई आँखा चिम्लिन भनिए पनि उनले अटेर गर्दै हिम्मतका साथ गोली हान्न तयार सैनिकलाई नै ‘फ्लाइङ्ग किस’ दिएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);