गाँजा खेतीलाई व्यवसायिक बनाउन सांसद तामाङको माग | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

गाँजा खेतीलाई व्यवसायिक बनाउन सांसद तामाङको माग

sherbahadur tamang-gaja kheti

काठमाडौं, १९ फागुन । गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गर्नुभएको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो ।

सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको उक्त विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले गाँजा खेति गर्न पाउनुपर्ने उल्लेख छ । तामाङले औषधीय गुण भएकाले गाँजा खेतीबाट किसानहरुकोसंगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपालमापनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने तामाङको भनाइ छ ।

gaja kheti bidek

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);