होला त ! रास्वपाको मिसन भ्रष्टाचार अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

होला त ! रास्वपाको मिसन भ्रष्टाचार अन्त्य

काठमाडौं,४ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्ने रहेको बताउनु भयो । उहाँले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताउनु भयो । भ्रष्टाचार अन्त्य, बेथिति बिरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो यो भन्दा बढी मिसन खासै छैन । त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महशुस गर्दछन् ।’

उहाँले जनताले राज्य र सरकार भएको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);