काँग्रेस वर्तमान सरकार ढाल्ने रण्नीतिमा रहेको प्रमुख सचेतक महेश बर्तौलाकोआरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काँग्रेस वर्तमान सरकार ढाल्ने रण्नीतिमा रहेको प्रमुख सचेतक महेश बर्तौलाकोआरोप

२०८० चैत ४ नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने रण्नीतिमा रहेको आरोप लगाउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा प्रमुख सचेतक बर्ताैलाले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रश्तुति देखाइरहेको आरोप लगाउनु भयो ।

काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उहाँले अनुसन्धानले ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने स्पष्ट गर्नुभयो ।

सुन तस्करीसम्बन्धमा आयोगको प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने भन्दै उहाँले प्रतिवेदन सांसदहरुलाई उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

काँग्रेस सांसद बद्रिप्रसाद पाण्डेले काँग्रेस र एमाले सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने प्रतिक्रिया दिनु भयो ।

उहाँले काँग्रेस र एमाले सत्ताका लागि नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने तर्क गनूृभयो ।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले भ्रष्टाचार अन्त्य पार्टीको मिसन भएको उल्लेख गर्नुभयो । उहाँले रास्वपको मिसन भ्रष्टाचार अन्त्य, बेथिति बिरुद्धको काम र सुशासन कायम गरेर देश समृद्ध बनाउने बताउनु भयो ।

उहाँले जनताले राज्य र सरकार भएको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । ००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);