पोखरा शहर औपचारिक रुपमा नेपालको पर्यटकीय राजधानी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पोखरा शहर औपचारिक रुपमा नेपालको पर्यटकीय राजधानी घोषणा

२०८० चैत ४ किास्की जिल्लाको पोखरा शहर औपचारिक रुपमा नेपालको पर्यटकीय राजधानी घोषणा भएको छ ।

आईतवार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो ।

हाँले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गर्नुभयो ।

यो संँग आइतबारदेखि पोखरा नेपालको पर्यटन राजधानी भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताउनु भयो ।

उहाँले पोखरा पर्यटन
राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरु पर्यटन क्षेत्रको विकासमा हुने विश्वास लिएको उल्लेख गर्नुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);