नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ

२०८० चैत ४ नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिना फागुन मसान्तसम्म सरकारमाथि २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण थपिएका छ ।

यस अवधिमा साँवा भुक्तानीमार्फत १ खर्ब २६ अर्ब ३ करोड
रुपैयाँ तिरेको छ ।

असार मसान्तमा २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको नेपालको सार्वजनिक ऋण बढेर २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको कार्यालयको तथ्यांक छ ।

तथ्यांक अनुसार सार्वजनिक ऋणमा वाह्य ऋण हिस्सा आन्तरिक ऋण दायित्वको तुलनामा केही बढी छ । फागुन मसान्तसम्म ११ खर्ब ८५ अर्ब आन्तरिक र १२ खर्ब २ अर्ब वाह्य ऋण पुगेको छ ।

सरकारले चालु आव २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ वाह्य ऋण लिने लक्ष्य राखेको छ ।

यसलाई मध्यावधिक समीक्षा मार्फत सरकारले १ खर्ब ८० अर्ब ६७ लाखमात्र प्राप्ति हुन सक्ने अनुमान गरेको छ ।

तर, आठ महिनामा आएको वाह्य ऋणले लक्ष्य प्राप्ति लक्ष्यभन्दा धेरै टाढा रहने देखिएको छ । फागुन मसान्तसम्म ५५ अर्ब ५५ करोड रुपैयाँ वाह्य ऋण प्राप्ति भएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);