चीर ठड्याएसंगै औपचारिक रुपमा होली पर्व सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीर ठड्याएसंगै औपचारिक रुपमा होली पर्व सुरु

काठमाण्डौ, ११ फागुन । काठमाण्डौको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईएको छ ।  बसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो । चीर ठड्याएसंगै शुक्रबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

शुक्रबार बिहान हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ बजेर ५७ मिनेटको शुभसाईतमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याईएको हो । चीर ठड्याईसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । समाजसेवी राजन महर्जनले त्रेता युग देखि नै चलिआएको होली चीरको विशेष महत्व रहेको बताए ।

प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा –टुक्रा सहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमा सम्म होली पर्व मनाउने गरिन्छ । यस बर्ष काठमाण्डौ लगायत पहाडी जिल्लाहरुमा फागुन १७ गते र तराई मधेसका जिल्लाहरुमा फागुन १८ गते होली पर्व परेको छ । होलीमा अबसरमा सरकारले सार्वजनिक विदा दिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);