लागू औषध खैरो हिरोइन सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

लागू औषध खैरो हिरोइन सहित २ जना पक्राउ

दाङ । दाङमा ठुलो परिमाणमा लागू औषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् । पक्राउ पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका ३ का ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

बाँकेबाट ठुलो मात्रामा लागू औषध खैरो हिरोइन बिक्री वितरणका लागी दाङतर्फ ल्याईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटेको प्रहरी टोलीले लमही नगरपालिका ९ तल्लो अमिलिया चोकबाट बिहीबार दिउँसो करिब साढे ४ बजेतिर उनीहरूलाई १ सय १० ग्राम लागूऔषध हिरोइन सहित पक्राउ गरेको उनले बताए ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य योगी २०७१ कार्तिक २३ मा महानगरीय प्रहरी वृत्त कालिमाटी बाट २० ग्राम ६ सय २० मिली ग्राम लागू औषध खैरो हिरोइन सहित पक्राउ परी ६ वर्ष कैद सजाय भुक्तान गरी कारागार मुक्त भएका थिए ।

यस्तै दर्जी २०७० मंसिर १६ मा जिल्ला प्रहरी कार्यालय बाँकेबाट डाँका चोरी कसुरमा २ वर्ष कैद भुक्तान गरी कारागारबाट मुक्त भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);