७९ ग्राम खैरो हिरोईन जस्तो देखिने वस्तु सहित ३ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

७९ ग्राम खैरो हिरोईन जस्तो देखिने वस्तु सहित ३ जनालाई पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित ७९ ग्राम खैरो हिरोईन जस्तो देखिने वस्तु सहित ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार राति जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सादा पोशाकमा प्रहरी टोलीले वर्वामा सवारीसाधनलाई चेक जाँच गर्ने क्रममा खैरो हिरोइन सहित मोटर साइकल मा सवार ३ जनालाई पक्राउ गरेको हाे ।

प्रहरी ले मोटरसाइकल सवार पकाहा मैनपुर गा.पा. १ धोरे बस्ने बर्ष ५५ को अमेरिका सहनी र वर्ष ४० को बरिष्टर सहनी र सोही मोटरसाइकल को पछाडी सबार पकहामेनपूर  बस्ने वर्ष ५२ को राम आदेश सहनी समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओम प्रकाश खनालले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);