खैरो हिरोइनसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खैरो हिरोइनसहित ३ जना पक्राउ

herione sahit pakrau

काठमाडौं, १३ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौंले ९५ ग्राम ७ मिलिग्राम खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । चौमती पुल नजिक लागू औषध कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका १९ वर्षीय दिलीप गिरी, बाँके कोहलपुरकै २३ वर्षीय विकास केसी र काठमाडौका २० वर्षीय रिवाज लामा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागू औषध मुद्धामा जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरी महानगरीय वृत स्वयम्भुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);