लागू औषध सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

लागू औषध सहित २ जना पक्राउ

काठमाडौं, ३१ वैशाख । अवैध लागू औषध ब्राउन सुगरसहित झापाका २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी झापा सुरुङगाका २९ वर्षीय कर्णबहादुर सार्की र सोही ठाउँमा २६ वर्षीय रुद्रबहादुर सार्कीलाई २० ग्राम ब्राउन सुगरसहित काठमाडौंको माछापोखरीबाट आईतबार अपरान्ह पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुको साथबाट नगद ७० हजारसहित विभिन्न कम्पनीका ४ थान मोबाईल, भारतीय तथा मलेसियन कम्पनीका २ थान सिम, एटिएम कार्ड २ थान र तौल गर्ने मेसिन समेत बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);