अछाममा दुग्धजन्य पदार्थको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अछाममा दुग्धजन्य पदार्थको अभाव

milk

सुशील भण्डारी
अछाम, १३ जेठ । अछाममा दुग्धजन्य पदार्थको अभाव भएको छ । कृषकहरुले गाई भैंसी पाल्न छोडेपछि दुग्धजन्य पदार्थको अभाव भएको हो ।

अछाममा कुनै समय प्रशस्त मात्रामा दुग्धजन्य पदार्थ उत्पादन हुने गरेको थियो । तर पछिल्लो समय दुग्धजन्य पदार्थको अभाव भएको छ । युवाहरु विदेश पलायन हुने क्रम बढेसँगै कृषकहरुले गाइ भैंसी पाल्न छोडेका छन् । जसको कारण दुग्धजन्य पदार्थको अभाव भएको हो । कृषकहरुले भैंसी बाहिर जिल्लामा बेचबिखन गर्दा दुग्धजन्य पदार्थको उत्पादन घटेको व्यवसायीहरु बताउछन् ।

अछाममा गाइ भैंसी पाल्ने पेसा नै लोप हुन थालेको छ । अहिले जिल्लामा दुग्धजन्य पदार्थ बाहिरबाट आयत गर्नुपर्ने भएको छ । जिल्लामा भएका गाइ भैंसी बेचबिखनमा रोक लगाउनु पर्ने कृषकहरुको भनाइ छ ।

पसु सेवा कार्यालयले गाइ भैंसी जिल्ला बाहिर बिक्री वितरण गर्न अनुमति नदिएको र नाकाहरुमा कडाइ गरेको दाबी गरेको छ । तर, गाइ भैंसी बिक्री वितरण रोकिएको छैन । कृषकहरु गाइ भैंसी पाल्न जागरुक नभएकाले दुग्धजन्य पदार्थको उत्पादन घटेको कार्यालयको भनाइ छ ।

दुग्धजन्य पदार्थको अभाव हुन नदिन अछामका कृषकलाई व्यवासयीक पशुपालनतर्फ आकर्षित गराउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);