स्टिभ विनले रिपब्लिकन पार्टीको पदबाट राजीनामा दिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्टिभ विनले रिपब्लिकन पार्टीको पदबाट राजीनामा दिए

stev win

एजेन्सी, १४ माघ । यौन दुव्र्यवहारको आरोपपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् ।

वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहालवाला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लगाइएपछि अर्बपति क्यासिनो मालिक समेत रहेका स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका हुन् । लास भेगासस्थित क्यासिनोका मालिक विनलाई दर्जनौं महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।

लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ । वाल स्ट्रिट जर्नलमा छापिएको समाचार अनुसार विवाद सल्टाउन विनले लाखौं डलर समेत खर्च गरेका थिए । हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई विनले ७५ लाख डलर तिरेर यौन दुव्र्यवहार सम्बन्धी एउटा विवाद टुङ्गो लगाएको लेखमा दाबी गरिएको छ ।

विनका लास भेगासका अतिरिक्त मकाउमा पनि क्यासिनोहरू रहेका छन् । उनको अर्बौ डलर सम्पत्ति रहेको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट मित्र विनलाई रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखमा चयन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);