सभामुखको राजीनामा सर्तसहित हुने संवैधानिक व्यवस्था छैन : संसद सचिवालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभामुखको राजीनामा सर्तसहित हुने संवैधानिक व्यवस्था छैन : संसद सचिवालय

mahara

संसद अधिवेशन सुरु हुने वित्तिकै सभामुखको रिक्त पदमा निर्वाचन गर्ने संसद सचिवालयको तयारी

काठमाडौं, १४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । संसद सचिवालयका महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख महराले मंगलबार दिउँसो आफ्नो सचिवालयमार्फत् उपसभामुख डा. शिवमाया तुम्बाहाङफे समक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।

आफूमाथि लागेका आरोपको निष्पक्ष छानवीन गर्न सहयोग पु-याउने उद्देश्यका साथ सभामुख महराले संवैधानिक व्यवस्था अनुसार नै पदबाट राजीनामा दिनु भएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनु भयो ।

प्रवक्ता पाण्डेले सभामुखले राजीनामा दिएसँगै प्रतिनिधिसभाको सभामुख पद स्वतहः रिक्त हुन गएको पनि स्पष्ट पार्नु भयो । उहाँले सभामुखको अनुपस्थितिमा त्यसको सम्पूर्ण काम कार्वाही संवैधानिक व्यवस्था अनुसारनै उपसभामुखले गर्नु हुने पनि बताउनु भयो ।

संसद अधिवेशन सुरु हुने वित्तिकै सभामुखको रिक्त पदमा निर्वाचित गराउने संसद सचिवालयको तयारी गरेको उहाँले बताउनुभयो । संसद सचिवालयले सभामुख पदको राजीनामा सर्तसहित हुने संवैधानिक व्यवस्था नरहेको पनि स्पष्ट पारेको छ ।

सभामुख महरामाथि आईतबार बेलुका संसद सचिवालयका महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोही आरोप लागेपछि सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख महरालाई सभामुख पद र सांसद पदबाट राजीनामा दिन आग्रह गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);