सभामुख महराले दिएको राजीनामावारे संसद सचिवालयद्वारा औपचारिक जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सभामुख महराले दिएको राजीनामावारे संसद सचिवालयद्वारा औपचारिक जानकारी

काठमाडौं, १५ असोज । यौन दुर्व्यवहारको आरोपपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक जानकारी गराएको छ ।

संसद सचिवालयका सचिव भरतराज गौतमले बुधबार सूचना जारी गर्दै सभामुख महराले दिएको राजीनामाबारे जानकारी दिनुभएको हो । सचिव गौतमले उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २ सय ११ को उपनियम (२) बमोजिम सूचना प्रकाशन गरेको जनाउनुभएको छ ।

संसद् बैठक चालु रहेको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले सभामुखको राजीनामा पत्र पढेर सुनाउने र बैठक नभएको अवस्थामा सूचना पत्रमा प्रकाशन गरिने उल्लेख छ । संसद् सचिवालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि सभामुख महराले मंगलबार दिउँसो राजीनामा दिनुभएको थियो । संविधानको धारा ९१को उपधारा ६ को (ख) मा सभामुखले लिखित राजीनामा दिए पदमुक्त हुने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);