यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराद्वारा राजीनामा

mahara

काठमाडौं, १४ असोज । यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदवाट राजीनामा दिनु भएको छ । महराले उपसभामुख डाक्टर शिवमाया तुमवाहाम्फेसमक्ष पदवाट राजीनामा दिनुभएको हो ।

महरालाई संसद सचिवालयकी एक जना महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । महराले आफुमाथि लागेको आरोपको छानबिन गर्न सहज होस भनेर राजीनामा दिएको बताउनुभएको छ । यसअघि आजै बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले महरालाई सांसद र सभामुख दुवै पदवाट राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा आज बसेको नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसदबाट राजिनामा गर्न निर्देशन दिएको हो । बैठकले महरा माथि लागेको आरोपलाई छानबिनका लागि सहयोग गर्न आग्रह गर्दै राजीनामा दिन सुझाव दिइएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।

महरामाथि संसद सचिवालयकै एकजना महिला कर्मचारी माथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

mahara rajinama final

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);