निवर्तमान सभामुख महरा पुनर्वहाली हुने सम्भावना छैन : संविधानविद् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निवर्तमान सभामुख महरा पुनर्वहाली हुने सम्भावना छैन : संविधानविद्

mahara

काठमाडौं, १५ असोज । संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन । नेपाल बार एशोसिएशनका महासचिव लिलामणी पौडेलले संसद सचिवालयकी कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप लागेका महरा सभामुख पदबाट मुक्त भएको उल्लेख गर्दै उहाँ पुनः सोही पदमा बहाली हुने सम्भावना नरहेको बताउनु भएको हो ।

महासचिव पौडेलले सो प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले बोली फेर्दैमा सो घटनाको अनुसन्धान प्रक्रिया नरोकिने पनि स्पष्ट पार्नु भयो । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले फौंजदारी कार्यविधि संहिता अनुसार पीडित भनिएकी शाहीले प्रहरीको हटलाईन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको पनि स्पष्ट पार्नु भयो ।

नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले महरा प्रकरणको छानवीन प्रक्रिया नरोकिए पनि पीडित भनिएकी महिलाले अनुसन्धानमा नसघाए सो घटनाको सत्यतथ्य बाहिर आउन कठिनाई हुने बताउनु भयो ।

उहाँले पीडित भनिएकी महिला शाहीले डिएनए परीक्षण गर्न नदिए अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने तर्क पनि गर्नु भयो ।

कार्यक्रममा बोल्दै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको बताउनु भयो । उहाँले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार सभामुख पदको निर्वाचन हुनुपर्ने पनि बताउनु भयो । संविधानले फरक दल र फरक लिंगलाई सभामुख र उपसभामुख हुनुपर्ने परिकल्पना गरेको उहाँको दावी छ ।

संविधानविद् ज्ञवालीले संविधानको परिकल्पना अनुसार दलहरुले सभामुखको निर्वाचन गराउँदा फरक दलका सभामुख र उपसभामुख बनाउनुको विकल्प नरहेको पनि बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);