महरा काण्डमा अधिकारकर्मी र महिला नेतृ मौन हुनु अर्थपूर्ण ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महरा काण्डमा अधिकारकर्मी र महिला नेतृ मौन हुनु अर्थपूर्ण !

तेजना पण्डित
काठमाडौं, १६ असोज । संसद सचिवालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर सभामुख कृष्णबहादुर महरा अहिले पदमुक्त हुनु भएको छ । घटनाबारे पीडित भनिएकी महिलाको फरक फरक अभिव्यक्ति आएको छ ।

फरक अभिव्यक्तिका बावजूद १० वर्ष सशस्त्र द्वन्द्वदेखि अहिलेसम्म लामो राजनीतिक छबि बनाएनु भएका राजनीतिज्ञ निर्वतमा सभामुख महराको त्यही घटनाले राजनीतिक जीवन नै धरापमा परेको छ ।

महरालाई लागेको आरोपको सत्य तथ्य निश्पक्ष छानबिन गनुपर्ने आवाज झिनो रुपमा उठिरहेको छ । त्यस्तै घटनामा सर्वसाधरारण भएको भए अहिले कारबाही हुन्थ्यो होला तर उच्च पदका भएर केही भएन भन्ने टिक्काटिप्पणी पनि अहिले सार्वजनिक भइरहको छ ।

सर्वसाधारणको विषयलाई लिएर सडकदेखि सदनसम्म आवाज उठाउने महिला तथा पुरुष सांसदहरु यतिबेला मौन नै देखिएका छन् । सांसद त मौन छन् नै महिला अधिकारकै सवालमा चार तारे होटलदेखि सार्वजनिक ठाउँमा सभा र बैठक गरेर नथाक्ने महिला अधिकारकर्मी र मानव अधिकारकर्मी पनि यो घटनामा मौन नै छन् ।

सत्तापक्षका महिला सांसदहरु आफुहरुले यस प्रकरणमा निश्पक्ष छानबिन होस भनेर सम्बन्धित निकायमा आवाज उठाइरहेको दावी गर्छन् । कतिपय संचार माध्यममा केही महिला नेतृहरु बोलेको देखिन्छ उनीहरु घटनामा महिलाकै दोष रहेको देखाउने प्रयास गरिरहेका छन् ।

खुलेर बोल्न हिचकिचाए पनि घुमाउरो शैली र मलिन स्वरमा मात्र यति भनिरहेका छन् कि, घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद धना खतिवडा भने घटनाको दोषीलाई सामान्य नागरीक सरह हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने माग गर्नुहुन्छ ।

सभामुखले दुर्व्यवहार गरे भनेर आरोप लगाएकी वा पीडित भनिएकी महिलाको अहिले बोली फेरिएको छ । शुरुमा जवर्जस्ती गर्न खोजेको भनेर बोलेकी ति महिलाले पछि केही भएको छैन भन्नुले अनुसन्धान नै प्रभावित भएको छ ।

आइतबार घटना भएपछि पीडित महिलाले नेकपाका महिला नेतृ ओनशरी घर्ती, पम्फा भुषाल, नेपाली कांग्रेसका नेता उमा रेग्मी र प्रहरीलाई समेत फोन गरी जानकारी दिएको बताएको छ ।

यस बिषयमा ओनसरी घर्ती र पम्फा भुषाल अहिलेसम्म मौन छन् । उमा रेग्मीले छानबिन गर्नु पर्ने सामान्य अभिव्यक्ति दिनु भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

यो बीच अधिकारको चर्का नारा दिने अधिकारकर्मी र महिला नेतृ मौन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर सत्तारुढ दल नेकपाले समाचार सार्वजनिक भएको लगत्तै महरालाई पदमुक्त हुन निर्देशन गरेर निराशाको बादललाई हटाएर आशाको किरण छरिदिएको छ । यो निर्णयलाई सबैतिरबाट स्वागतयोग्य ठानिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);