महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको अनुसन्धान कमजोर बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको अनुसन्धान कमजोर बन्दै

speaker mahara

सीता शर्मा
काठमाडौं, १६ असोज । यौन दुर्व्यवहारकोे आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा अनुसन्धानको दायरामा आउन सकेका छैनन् । पीडित भनीएकी महिला रोशनी शाहीले उजुरी नदिँदा महरा अनुसन्धानको दायरामा आउन नसकेका हुन् ।

घटनामा पीडित भनिएकी शाहीले महरा विरुद्ध उजुरी नभएर उनी निर्दाेष भएको लिखित निवेदन प्रहरी समक्ष दिएकी छन् । अनुसन्धान अगाडी बढाउन प्रहरीले पीडितले उजुरी आवश्यक भएको बताएको छ ।

तर कानुनका जानकार तथा अधिकारकर्मिले भने पीडितले उजुरी नदिएको भन्दै राज्य यस घटनामा चुप लागेर बस्न नहुने बताएका छन् ।

निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले घटनाको विषयमा फरक फरक भनाई राख्दै आएपछि यो घटनाले अपत्यारीलो मोड लिइरहेको छ ।

उनले सोमबार महराले आफुमाथि जबरजस्ती करणी गरेको आरोप लगाइन् । मंगलबार महरा निर्दोष भएको बताइन् भने बुधबार त महरा निर्दोष भएको भन्दै प्रहरी समक्ष लिखित निवेदन समेत दिएकी छन् ।

घटनासंग सम्बन्धी विभिन्न प्रमाणहरु र पीडित महिलाको प्रारम्भीक भनाईलाई आधार मानेर आरोपीतलाई अनुसन्धानको घेरामा ल्याउनुपर्ने चर्काे आवाज उठेको छ तर पीडित भनीएकी शाहीले उजुरी नदिएको भन्दै प्रहरीले घटनाको अनुसन्धान नै अगाडी बढाएको छैन ।

घटनामा प्रहरीले पीडितको किटानी जाहेरी कुरेर बसेको हुनाले आरोपित महरा अनुसन्धानको दायरामा आउन सकेका छैनन् । घटना भएको जानकारी पाएर घटनास्थलबाट सबुत प्रमाण संकलन गरेको प्रहरीले पीडित पक्षले महरा विरुद्ध जाहेरी नदिएकोले अनुसन्धान अगाडी बढाउन नसकेको बताएको छ ।

तर यता पीडितलाई भने उजुरी दिन नसक्ने गरी दबाबमा राखिएको आशंका गरीएको छ । पद र शक्तिको आडमा पीडित शाहीलाई धम्की र त्रासमा उजुरी दिनबाट रोकिएको कतिपयको अनुमान छ ।

अधिकारकर्मी तथा कानुनका जानकारहरु भने पीडित महिलाले आफूमाथि यौन दुर्व्यवहार भयो भनेर प्रहरीलाई घटनास्थलमै डाकिसकेपछि यसमा अनुसन्धान अगाडी बढाउन सकिने हुनाले पीडितको जाहेरी कुर्नु आवश्यक नभएको दाबी गर्दछन् ।

यौन दुर्व्यवहारमा पनि जबरजस्ती करणी भएको मुद्धा सरकारबादी भएको हुनाले पीडित स्वयम्ले जाहेरी दिनुपर्छ भन्ने नभएको कानुनका जानकारहरुको भनाई छ । यौनहिंसाका घटना शक्तिशाली व्यक्तिबाट आफु भन्दा तल्लो तहका व्यक्ति माथि बढी हुने गरेको हुनाले यो घटनामा पनि शक्तिको खेल चलिरहेको आशंका उब्जीनु स्वभाविक हो ।

प्रारम्भीक बयान दिँदा र घटना भएको पर्याप्त प्रमाण सार्वजनीक हुँदा पनि घटनामा अनुसन्धान हुन नसके यसले कानुनी राज्य माथि नै चुनौति आउने अधिवक्ता तथा अधिकारकर्मि तुलाधर बताउनुहुन्छ ।

अहिले पीडित महिला शाही र उनका श्रीमान बिच समेत सम्बन्ध बिग्रीएको समाचार बाहिरीएका छन् । धेरै जसो यौनहिंसा पीडित महिलाहरुलाई परिवार समाजबाट सहयोग मिल्दैन । यसले गर्दा पनि महिलाहरु थप पिडामा पर्ने गर्दछन् ।

तर यस घटनाकी पीडित भनीएकी शाहीले जसरी आफ्नो भनाई फेरीरहेकी छन् यसबाट पनि उनी चरम दबाबमा रहेको हुनसक्ने हुनाले प्रहरी प्रशासन र राज्य गम्भिर बन्नु पर्ने हो । तर एनी त्यस्तो देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);