२४ घण्टामा 'रोशनी' को यू-टर्न : छानबिन होला कि फिस्‍स ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

२४ घण्टामा ‘रोशनी’ को यू-टर्न : छानबिन होला कि फिस्‍स ?

speaker mahara

काठमाडौं, १५ असोज । सोमबार साँझ जब सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोपसहित समाचार सार्वजनिक भयो, त्यसले सिंगो मुलुकलाई तरंगित तुल्यायो।

समाचार सोसल मिडियामा मात्र भाइरल भएन, मूलधारको मिडियाका लागि पनि ‘हट केक’ बन्यो। तर २४ घण्टा नबित्दै देखिएका घटनाक्रमले यो घटना त्यतिकै ‘फिस्स’ हुने त होइन भन्ने संशय देखिएको छ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी थिइन्। हाम्राकुरा अनलाइनसँगको भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दुर्व्यवहार गर्दै आएको दाबी गरेकी थिइन्। तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी छन् र भनेकी छन्- महरा उनको घरमा पुगेकै थिएनन्। रिसको झोंकमा उनले महरालाई आरोपित गरेकी हुन्।

पछिल्लोपटक अर्को अनलाइनलाई दिएको भिडियो अन्तर्वार्तामा ‘बाबुसमानको मान्छेले आफूलाई त्यसो गर्नै नसक्ने’ भन्दै महरालाई ‘नियतबस फसाइएको’ दाबी गरेकी छन्।

प्रश्नहरू उठेको छन् – पीडित भनिएकी महिलाले किन प्रहरीमा उजुरी गरिनन् ? २४ घण्टा नबित्दै उनले बयान किन फेरिन् ? उनकै आरोपका कारण पदबाट राजीनामा दिएका महराको भावी राजनीति के हुन्छ ? राजीनामा पत्रमा महराले किन शर्त राखे ? के उनकै शब्दमा ‘छानबिन प्रक्रिया सकिएपछि’ पुनः पदबहाली हुने उनको मनशाय हो ? महराको राजीनामा नै यो घटनाको पटाक्षेप हो या फेरिएका बयानसँगै अरु कुरा पनि फेरिएलान् ?

घटनामा कसरी आयो नयाँ ट्‍विस्ट ?

राष्ट्रलाई तरंगित बनाएको यो घटनामा पीडित नभिएकी महिलाले २४ घण्टा नबित्दै बयान फेरेपछि दुई दिनदेखि अधिकांशको मथिंगल हल्लाएको घटनामा नयाँ ट्‍विस्ट आएको हो।

बलात्कार आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिइसकेका छन्। तर पीडित भनिएकी महिलाले महरा निर्दोष रहेको दाबी गरेकी छन्। पछिल्लोपटक एक अनलाइनलाई दिएको अन्तर्वार्तामा पीडित भनिएकी महिलाले ‘महरा आफ्नो घरमा आउँदै नआएको’ बताएर सबैलाई चकित बनाएकी हुन्।

जबकि यिनै महिलाले सोमबार यससम्बन्धी समाचार ब्रेक गर्ने अनलाइन हाम्राकुरासँग महराले आफूलाई बलात्कार तथा कुटपीट गरेको दाबी गरेकी थिइन् । यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);