सीको नेपाल भ्रमणले आर्थिक साझेदारीको जग बस्ने परराष्ट्रमन्त्रीको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीको नेपाल भ्रमणले आर्थिक साझेदारीको जग बस्ने परराष्ट्रमन्त्रीको विश्वास

pradeep gyawali

काठमाडौं, १६ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुइ देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताउनु भएको छ ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर बुधबार स्वदेश फर्कनुभएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै चीनका राष्ट्रपति सी जिङ पीङको नेपाल भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताउनु भएको हो । उहाँले नेपालले छिमेकी राष्ट्रको विकास सहायताले नेपालको विकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने समेत उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देशबीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग–रसुवा–काठमाडौँ रेलमार्ग हुने जानकारी दिनुभयो ।

यस्तै मन्त्री ज्ञवालीले अमेरिकाको न्युयोर्कमा भएको सार्क परराष्ट्रमन्त्री स्तरिय बैठक पनि सकारात्मक भएको बताउनु भयो । नेपालको संक्रमणकालिन न्यायको बारेमा समेत महासभाका विषयगत समितिमा चासो व्यक्त भएको बताउँदै मन्त्री ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);